काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ५०.६८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा सो बैंकले ३ अर्ब ६५ करोड नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब ४२ करोड रुपैयाँ मात्रै थियो ।
बैंकको नाफामा सुधार आउनुमा इम्पेरिमेन्ट चार्जका लागि बैंकले छुट्याउनुपर्ने रकम कम हुनु हो । यो शीर्षकमा अघिल्लो वर्ष १ अर्ब ९९ करोड रुपैयाँ छुट्याएको बैंकले यो वर्ष ३७ करोड रुपैयाँ मात्रै छुट्याएको छ । खुद ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानी तथा व्यापारमूलक आम्दानी लगायत मुख्य आम्दानीहरु भने घटेका छन् ।
नाफा उच्च भए पनि लाभांश इन्भेष्टमेन्ट बैंकको लाभांश क्षमता भने १२ प्रतिशत हाराहारीमा मात्रै छ । बैंकले १ अर्ब ९९ करोड रुपैयाा मात्रै वितरणयोग्य लाभांश रहेको जनाएको छ । हाल कायम रहेको १६ अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजीका आधारमा उक्त लाभांश क्षमता देखिएको हो ।
बैंकको रिजर्भको आकार करिब ४ अर्बले बढाएर १४ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ । बैंकले यो आर्थिक वर्षमा निष्क्रिय कर्जा अनुपातमा सामान्य सुधार गरेर २.४६ प्रतिशतमा झारेको छ । कस्ट अफ फण्ड ४.०४ र आधारदर ५.७४ प्रतिशत रहेको छ । व्याजदर अन्तर भने ३.९९प्रतिशत छ । हाल बैंकको पुँजीकोष अनुपात १३.५४ प्रतिशत छ ।


