काठमाडौं । हिमालयन बैंकले झण्डै ३ अर्ब रुपैयाँ कमाएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा सो बैंकले १५.९० प्रतिशतले नाफा बढाउँदा नाफा २ अर्ब ९९ करोड ८० लाख पुगेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब ५८ करोड रुपैयाँ मात्रै थियो ।
बैंकको नाफामा सुधार आउनुमा इम्पेरिमेन्ट चार्जका लागि बैंकले छुट्याउनुपर्ने रकम कम हुनु नै मुख्य कारण रहेको देखिएको छ । यो शीर्षकमा अघिल्लो वर्ष ३ अर्ब २ करोड रुपैयाँ छुट्याएको बैंकले यो वर्ष १ अर्ब ४५ करोड रुपैयाँ मात्रै छुट्याएको छ ।
त्यस्तै अन्य सञ्चालन खर्च शीर्षकमा बैंकले २ अर्ब २२ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष यस्तो आमनी १ अर्ब ५४ करोड मात्रै थियो ।
बैंकको खुद ब्याज आम्दानी यो वर्ष घटेको छ । शुल्क तथा कमिसनबाट प्राप्त हुने आम्दानी सामान्य बढेको छ । व्यापारमूलक गतिविधिबाट हुने आम्दानी यो वषै सामान्य घटेको छ ।
यो वर्ष हिमालयन बैंकको लाभांश क्षमता भने २० प्रतिशत हाराहारीमा छ । १० अर्ब ६८ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको वितरणयोग्य नाफा २ अर्ब १६ करोड रुपैयाँ रहेको छ । बैंकको रिजर्भको आकार करिब ८६ करोडले बढाएर ६ अर्ब ५८ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकले यो आर्थिक वर्षमा निष्क्रिय कर्जा अनुपातमा उच्च सुधार गरेर ०.४६ प्रतिशतमा झारेको छ । कस्ट अफ फण्ड ४.६१ र आधारदर ६.७५ प्रतिशत रहेको छ । ब्याजदर अन्तर भने ३.३२ प्रतिशत छ । हाल बैंकको पुँजीकोष अनुपात १३.८५ प्रतिशत छ ।


