काठमाडौं । लक्ष्मी बैंकले १ अर्ब ५४ करोड रुपैयाँ कमाएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा सो बैंकले ९.२० प्रतिशतले नाफा बढाउँदा नाफा १ अर्ब ५४ करोड १३ लाख पुगेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ अर्ब ४१ करोड रुपैयाँ मात्रै थियो ।
यो वर्ष ब्याज आम्दानी घटेको अवस्थाबीच बैंकले नाफामा सुधार गरेको हो । बैंकको नाफा सुधारिनुमा शुल्क तथा कमिशन आम्दानी तथा अन्य सञ्चालन आम्दानीको महत्वपूर्ण भूमिका रहेको देखिएको छ ।
यो वर्ष लक्ष्मी बैंकले कमाएको नाफाबाट झण्डै १ अर्ब रुपैयाँ लाभांश वितरण गर्नसक्ने अवस्था देखिएको छ ।
बैंकको हाल रहेको १० अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा यो करिब ९.३५ प्रतिशत मात्रै हो । बैंकको रिजर्भको आकार करिब १ अर्ब ५५ करोडले बढाएर ४ अर्ब ४० करोड रुपैयाँ पुर्याएको छ ।
बैंकले यो आर्थिक वर्षमा निष्क्रिय कर्जा अनुपात बढेर १.२१ प्रतिशत पुगेको छ कस्ट अफ फण्ड ४.६१ र आधारदर ७.०८ प्रतिशत रहेको छ । ब्याजदर अन्तर भने ३.४२ प्रतिशत छ । हाल बैंकको पूँजीकोष अनुपात ११.८५ प्रतिशत छ ।


