images
images

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?


  • 454
    SHARES
  • २०८० मंसिर ११ गते सोमबार

    मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसम्ममा १० लाख ५७ हजार ८ सय २८ जनाले १ करोड १५ लाख २३ हजार १ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १०.०३ गुणा बढी हो । 

    कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात आजबाट दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। अहिले दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको छ।

    मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी १ लाख १४ हजार ८ सय आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओका लागि मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा मंसिर २२ गतेसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। 


    images
    images

    Logo