images
images

माथिल्लो त्रिशूली–१ बाट आज थप ११ शव फेला


  • 436
    SHARES
  • २०८३ आश्विन ३ गते शनिबार

    माथिल्लो त्रिशूली–१ बाट आज थप ११ शव फेला

    काठमाडौं । रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट आज थप ११ वटा शव फेला परेका छन् ।

    नेपाली सेनाका अनुसार जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा ११ वटा शव फेला परेका हुन् । सेनाको टोलीले ती शव उद्धार गरी टनेलबाट बाहिर निकालेको जनाएको छ ।

    गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आयोजनाको टनेललगायत क्षेत्रमा क्षति पुगेको थियो । बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ ।

    नेपाली सेनाले माथिल्लो त्रिशूली–१ को टनेलमा थप खोजी कार्य जारी रहेको जनाएको छ।


    images
    images

    Logo