काठमाडौँ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा ३ सय ७ प्रतिशतले बढेको छ । संस्थाले आर्थिक बर्ष २०७७/७८ मा ३२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो बर्षको भन्दा २४ करोड रुपैयाँले बढी हो ।
गएको बर्ष ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको लघुवित्त ले यो बर्ष ९ अर्ब २६ करोड कर्जा प्रवाह गरेको छ । संस्थाले ९६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो, अघिल्लो बर्षको भन्दा ३५ करोड रुपैयाँ बढी हो ।
४१ करोड रुपैयाँ चुक्ता पुजीँ रहेको संस्थाको प्रतिशेयर आम्दानी १०१.७८ रुपैयाँ रहेको छ ।