images
images

नेपाल बैंकको नाफा ३ अर्ब नाघ्यो, लाभांश क्षमता २७.६८ प्रतिशत


  • 1.6K
    SHARES
  • २०७८ श्रावण २९ गते शुक्रबार

    नेपाल बैंकको नाफा ३ अर्ब नाघ्यो, लाभांश क्षमता २७.६८ प्रतिशत

    काठमाडौं । नेपाल बैंकको नाफा ३ अर्ब रुपैयाँ नाघेको छ ।  बैंकले आर्थिक वर्ष २०७७/७८ मा बैंकले ३ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ३१ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको थियो । 

    बैंकले यो वर्ष शेयरधनीलाई ३ अर्ब ५० करोड रुपैयाँ नाफा बाँड्नसक्ने क्षमता रहेको जनाएको छ । हाल १२ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको वितरणयोग्य नाफा प्रतिशेयर २७.६८ रुपैयाँ हो । 

    बैंकले यो वर्ष खुद ब्याज आम्दानी, खुद शुल्क तथा कमिसन आम्दानी, व्यापारमूलक तथा अन्य सञ्चालन आम्दानी समेत बढेको छ । इम्पेरिमेन्ट चार्जका लागि छुट्याउनुपर्ने रकम पनि यो वर्ष घटेको छ । 


    बैंकको निष्क्रिय कर्जा अनुपात २.१० प्रतिशत, कस्ट अफ फण्ड ३.५६ प्रतिशत, बेसरेट ५.७३ प्रतिशत तथा ब्याजको स्प्रेडदर ४.३४ प्रतिशत रहेको छ । 


    images

    Logo