images
images

एनआईशी एशिया बैंकको नाफा ३२५ करोड,  १९२ करोड शेयरधनीलाई बाँड्न मिल्ने


  • 1.7K
    SHARES
  • २०७८ श्रावण ३० गते शनिबार

    एनआईशी एशिया बैंकको नाफा ३२५ करोड,  १९२ करोड शेयरधनीलाई बाँड्न मिल्ने

    काठमाडौं । एनआईशी एशिया बैंकले ३ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब २५ करोड १० लाख रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ९ करोड ८५ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

    यो वर्ष एनआईशी एशिया बैंकले खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार गरेको छ । तर, बैंकको शुल्क तथा ब्याज आम्दानी तथा व्यापारमूलक तथा अन्य सञ्चालन आम्दानी घटेको छ । 

    यो वर्ष बैंकले इम्पेरिमेन्ट चार्जमा १ अर्ब १९ रुपैयाँ छुट्याएको छ । अघिल्लो वर्ष यस्तो रकम १ अर्ब ११ करोड थियो । 

    व्यवसाय विस्तारमा भने एनआईशी एशिया यो वर्ष पनि आक्रामक देखिएको छ । एनआईशी एशियाले यो वर्ष ८५ अर्ब रुपैयाँ निक्षेप बढाएर २ खर्ब ८६ अर्ब पुर्याएको छ भने ऋण प्रवाह ८८ अर्ब रुपैयाँले बढाएर २ खर्ब ४८ अर्ब पुर्याएको छ । 

    बैंकको वितरणयोग्य नाफा भने कमजोर छ । सवा ३ अर्ब नाफामध्ये बैंकले १ अर्ब ९२ करोड रुपैयाँ मात्रै शेयरधनीलाई बाँड्न पाउँछ । हालको पुँजीका आधारमा यो करिब १६.६० प्रतिशत मात्रै हो । 


    images

    Logo