images
images

इम्पेरिमेन्ट चार्ज घट्दा एनएमबि बैंकको नाफा झन्डै ६० प्रतिशत बढ्यो


  • 773
    SHARES
  • २०७८ श्रावण ३० गते शनिबार

    इम्पेरिमेन्ट चार्ज घट्दा एनएमबि बैंकको नाफा झन्डै ६० प्रतिशत बढ्यो

    काठमाडौं । एनएमबि बैंकको नाफा झन्डै ६० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकले २ अर्ब ७३ करोड ५ लाख रुपैयाँ नाफा कमाएको हो । यो अघिल्लो वर्षको यस्तो नाफा १ अर्ब ७१ करोड रुपैयाँ मात्रै थियो । 

    बैंकको नाफा बढ्नुमा इम्पेरिमेन्ट चार्जमा छुट्याउनुपर्ने रकममा भएको सुधार प्रमुख कारण रहेको छ । बैंकले अघिल्लो वर्ष यो शीर्षकमा १ अर्ब ६२ करोड रुपैयाँ छुट्याउनुपरेको थियो । यो वर्ष यो शीर्षकमा ३८ करोड रुपैयाँ मात्रै छुट्याइएको छ । 

    इम्पेरिमेन्ट चार्ज घटे पनि रेगुलेटरी रिजर्भमा बैंकले झन्डै १८ करोड रुपैयाँ राख्नुपरेपछि बैंकको वितरणयोग्य नाफा २ अर्ब ३३ करोडमा झरेको छ । १६ अर्ब ३२ करोड चुक्ता पुँजी भएको यो बैंकको वितरणयोग्य नाफा करिब १४ रुपैयाँ भन्दा माथि हो । 


    images

    Logo