images
images

सिद्धार्थ बैंकको नाफा २८३ करोड, रेगुलेटरी रिजर्भले वितरणयोग्य नाफा ११ प्रतिशत


  • 1.0K
    SHARES
  • २०७८ श्रावण ३१ गते आइतबार

    सिद्धार्थ बैंकको नाफा २८३ करोड, रेगुलेटरी रिजर्भले वितरणयोग्य नाफा ११ प्रतिशत

    काठमाडौं । सिद्धार्थ बैंकले २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७७÷७८ मा सो बराबरको नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.३१ प्रतिशत बढी हो । 

    यो वर्ष बैंकलाई ब्याज आम्दानी र इम्पेरिमेन्ट चार्जले साथ नदिए पनि नाफामा सन्तोषजनक वृद्धि हासिल गरेको छ । यसरी वृद्धि हुनुमा शुल्क तथा कमिशन आम्दानी तथा व्यापारमूलक तथा सञ्चालन आम्दानीको भरथेग मुख्य कारण रहेको छ । 

    यो वर्ष सिद्धार्थले व्यवसाय विस्तारमा राम्रो प्रगति हासिल गरेको छ । बैंकले निक्षेप ४१ अर्बले बढाएर १ खर्ब ८० अर्ब पुर्याएको छ भने कर्जा प्रवाह ३५ अर्ब रुपैयाँले बढाएर १ सय ५८ अर्ब रुपैयाँ पुर्र्याएको छ । 

    यो वर्ष बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २१ करोड रुपैयाँ मात्रै छ । यो हिसाबले शेयरधनीलाई करिब ११ प्रतिशत मात्रै लाभांश दिन पुग्छ । रेगुलेटरी रिजर्भमा बैंकले एकैपटक १ अर्ब ३७ करोड रुपैयाँ छुट्याएको छ  ।


    images

    Logo