काठमाडौं । मुक्तिनाथ विकास बैंकले ६३ प्रतिशत नाफा बढाएको छ । आर्थिक वर्ष २०७७ ७८ मा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.७० प्रतिशत बढी हो। अघिल्लो वर्ष बैंकले ७० करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, कमिशन तथा शुल्क आम्दानी तथा अन्य सञ्चालन आम्दानी सबै बढेको छ । व्यापारमूलक आम्दानी भने यो वर्ष स्थिर छ। बर्जा जोखिम बढेपछि यो वर्ष बैंकको इम्पेरमेन्ट चार्ज बढेर ५३ करोड ३१ रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यो शीर्षकमा ३१ करोड ६८ लाख रुपैयाँ छुट्याइएको थियो ।
बैंकले यो वर्ष रेगुलेटरी रिजर्भमा थप ५ करोड रुपैयाँ छुट्याएको छ । यो आधारमा बैंकको वितरणयोग्य नाफा ८६ करोड ५ लाख रुपैयाँ छ । अहिलेको पुँजीका आधारमा यो नाफाले १७.८८ प्रतिशत लाभांश दिन पुग्छ ।


