काठमाडौं । नेपाल एसबीआई बैंकको नाफामा भारी गिरावट आएको छ । बैंकले यो वर्ष ९६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ३७.७३ प्रतिशत कम हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको नाफा गिरावटमा ब्याज आम्दानीमा भएको कमी मुख्य कारण देखिएको छ । यो वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८६ करोडमा झरेको छ । अघिल्लो वर्ष बैंकले यो शीर्षकमा ४ अर्ब ४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
यो वर्ष बैंकको शुल्क तथा कमिसन, व्यापारमूलक र अन्य सञ्चालन आम्दानी बढेका छन् । इम्पेरिमेन्ट चार्ज भने यो वर्ष १० करोडले बढेर ३७ करोड पुगेको छ ।
नाफा घटेको बैंकको वितरणयोग्य नाफाको अवस्था झनै कमजोर छ । बैंकले यो वर्ष शेयरधनीलाई ३३ करोड ९२ लाख रुपैयाँ मात्रै नाफा बाँड्नसक्ने जनाएको छ । यो प्रतिशेयर करिब ४ रुपैयाँ भन्दा पनि कम हो ।
बैंकको निष्क्रिय कर्जा अनुपात यो वर्ष स्थिर छ । कस्ट अफ फण्ड ५.२७ प्रतिशत र आधारदर ७.३७ प्रतिशत रहेको छ ।


