काठमाडौं । ‘क’ वर्गका वाणिज्य बैंकले १५ प्रतिशत लाभांश दिने क्षमता बनाएका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७७/७८ को कारोबारमा आधारित वित्तीय विवरण अनुसार ती बैंकहरुले १४.९७ प्रतिशत लाभांश दिनसक्ने क्षमता रहेको जनाएका हुन् ।
हाल ती बैंकहरुको कसल चुक्ता पुँजी ३ खर्ब रुपैयाँ भन्दा माथि छ । यो वर्ष ६२ अर्ब ८५ करोड ३९ लाख रुपैयाँ लाभांश दिनसक्ने वित्तीय विवरणमा उल्लेख छ । बैंकहरुले यो वर्ष ४७ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ नाफा गरेका छन्, यो रकम प्रतिशेयर १९.८८ रुपैयाँ हो । तर, नियामकीय रिजर्भ तथा अन्य रिजर्भमा रकम छुट्याउनुपर्दा वितरणयोग्य नाफामा कमी आएको हो ।
कुन बैंकको कस्तो अवस्था ?
