काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ९.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।