images
images

दुई वाणिज्य बैंकसहित ३ कम्पनीले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?


  • 533
    SHARES
  • २०८० पौष ८ गते आइतबार

    दुई वाणिज्य बैंकसहित ३ कम्पनीले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । दुईवटा वाणिज्य बैंकसहित तीनवटा कम्पनीले साधारणसभा बोलाएका छन् । हिमालयन बैंकले, प्राइम कमर्सियल बैंक र राधी विद्युत कम्पनीलेले पुस २९ गते बस्नेगरि सभा बोलाएका हुन् । 

    हिमालयन बैंकले ३१औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको यही पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते आइतबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजेदेखि सभा बोलाएको हो ।

    उक्त सभाले सर्वसाधारण शेयरधनीको आवश्यक शेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्कासन गर्ने, एफपीओको मूल्य तय गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै, संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

    सभा प्रयोजनार्थ बैंकले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अुनसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

    प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्न साधारण सभा आवहान गरेको छ। बैंकले एक सूचना जारी गर्दै पुस २९ अमृतभोग क्याटर्स कालिकास्थान, काठमाडौंमा बिहान ११ सभा सभा बोलाएको छ । बैंकले गत आथिक वर्षको मुनाफाबाट सेयरधनी लाभांश प्रस्ताव नदिने निर्णय यसअघि नै गरिसकेको छ। 

    सभामा बैंकको आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुने तय गरिएको छ । साथै अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

    बैंकले साधारणसभा प्रयोजनार्थ पुस १९ गते बुक क्लोज तोकेको छ । अर्थात पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

    राधी विद्युत कम्पनीले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले पुस २९ गते कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सभा डाकेको हो ।

    उक्त सभाले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा गत आवको नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल तथा चालु आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ ।

    सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १५ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 


    images

    Logo