काठमाडौं । शोभनदेव पन्त बैंक अफ काठमाण्डूबाट बाहिरिएका छन् । ४ वर्षे कार्यकाल पूरा गरेसँगै मंगलबारदेखि पन्त बाहिरिएका हुन् ।
पन्तको कार्यकाल सकिएसँगै सञ्चालक समितिले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मा डेपुटी प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केलाई दिएको छ । उनलाई बुधबारदेखि लागु हुनेगरी सो जिम्मेवारी दिइएको हो ।