images
images

एचआईडीसीएलको लाभांश घोषणा, साधारणसभा पनि आह्वान


  • 3.6K
    SHARES
  • २०८० पौष १५ गते आइतबार

    एचआईडीसीएलको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

    काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले यो पटक सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

    कम्पनीको पुस ४ गते बसेको सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न यसले पुस २९ गते साधारण सभा बोलाएको छ । 

    सभा प्रयोजनार्थ एचआइडीसीएलले बुधबार पुस १८ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, मंगलबार पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र यस कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


    images

    Logo