काठमाडौं । गण्डकी प्रदेशको औद्योगिक उत्पादन क्षमता २.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को सर्वेक्षण प्रतिवेदन अनुसार गण्डकी प्रदेशको औद्योगिक उत्पादन क्षमता अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशतले वृद्धि भएर ४५.८ प्रतिशत पुगेको हो ।
उक्त अवधिमा प्रशोधित दुध, तोरीको तेल, चकलेट, सिमेन्ट र चुरोटको उत्पादनमा वृद्धि भएको छ भने बिस्कुट, चाउचाउ, इट्टा, लिक्वीड र क्याप्सुलको उत्पादनमा ह्रास आएको प्रतिवेदनमा जनाइएको छ ।
२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको १०.६ प्रतिशत अर्थात् ३७ अर्ब ४९ करोड रुपैयाँ कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् ।