काठमाडौँ । सरकारले नेपाल रेलवे कम्पनी लिमिटेडकाे महाप्रबन्धकमा माधव नेपाल निकट निरन्जनकुमार झा लाई नियुक्त गरेको छ । विहिवार बसेको मन्त्रिपरिषद् बैठकले झा लाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि केपिओलि सरकारले नियुक्त गरेको गुरु भट्टराईले राजिनामा दिएपछि रिक्त रेलवे लिमिटेडमा झालाई नियुक्त गरिएको हो । सरकारले स्पष्टीकरण सोधेपछि भट्टराइले राजिनामा दिएका थिए ।