काठमाडौँ । मेरो शेयर प्रयोगकर्ताले आफ्नो मेरो शेयर खाताको पासवर्ड बिर्सिएमा आफैँ रिसेट गर्न मिल्ने भएको छ । शुक्रबारदेखि सिडिएस एण्ड क्लियरिङग लिमिटेडले मेरो शेयरका प्रयोगकर्ताहरुको सहजताको लागि यो सुविधा ल्याएको हो ।
यसअघि प्रयोगकर्ताले पासवर्ड बिर्सिएमा १०० पटकसम्म कोसिस गर्ने ब्यबस्था थियो । त्यस्तै, डिम्याट खाता खोलेको क्यापिटलमा पासवर्ड रिसेट लिङक मगाएर रिसेट गर्ने ब्यबस्था थियो । तर, यो ब्यबस्थासँगै प्रयोगकर्ताले आफैँ पासवर्ड रिसेट गर्न मिल्ने भएको हो ।
कसरी गर्ने पासवर्ड रिसेट
मेराे शेयरमा गएर
१. फर्गेट पासवर्ड गर्ने
२. डिपि आइडि, युजर नेम, इमेल आइडि र जन्ममिति लेखेर सेन्ड गर्ने
३. त्यसपछि इमेल आइडीमा नयाँ पासवर्ड आउँछ