काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयर खरिद काण्डमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई कारवाही गर्न अर्थ समितिले निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले ढुंगाना र साउदलाई कारवाही गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले ढुंगाना र साउदलाई अध्ययन अनुसन्धान पश्चात कानुन बमोजिमको कारवाही गरी जानकारी दिन अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।
बोर्डका अध्यक्ष ढुंगानाले छोरीको नाममा र साउदले श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको फेला परेको थियो ।
