images
images

स्थानीय तहको बेरुजु २ नम्बर प्रदेशमा बढी, अन्य प्रदेशको कति ?


  • 965
    SHARES
  • २०७८ भाद्र ४ गते शुक्रबार

    स्थानीय तहको बेरुजु २ नम्बर प्रदेशमा बढी, अन्य प्रदेशको कति ?

    काठमाडौँ । महालेखापरीक्षकको आर्थीक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा ७ प्रदेशको ७ सय ५३ स्थानीय तहमध्ये प्रदेश २ का स्थानीय तहमा बेरुजू रकम धेरै देखिएको हो । शुक्रबार वार्षिक प्रतिवेदन सार्वजनीक गर्दै महालेखाले लेखापरिक्षण सम्पन्न भएका ६ सय ९४ स्थानीय तहमध्ये प्रदेश २ को १ सय ३१ स्थानीय तहमा बेरुजु धेरै देखिएको हो । 

    प्रदेश नम्बर २ मा पेस्की समेत बेरुजू रकम १४ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । अन्य प्रदेशका तुलनामा यो धेरै हो ।
    त्यस्तै, कर्णाली प्रदेशका ७३ स्थानीय तहमा पेस्की समेत बेरुजू ३ अर्ब २६ करोड रुपैयाँ रहेको छ । बाग्मती प्रदेशका ९८ स्थानीय तहमा पेस्की समेत बेरुजू ७ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । प्रदेश १ का १ सय ३३ स्थानीय तहमा पेस्की समेत बेरुजू ५ अर्ब १२ करोड रुपैयाँ रहेको छ । 

    लुम्बिनी प्रदेशका ९५ स्थानीय तहमा पेस्की समेत बेरुजू ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका ७९ स्थानीय तहमा पेस्की समेत बेरुजू ३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । 


    गण्डकी प्रदेशका ८५ स्थानीय तहमा पेस्की समेत बेरुजू २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । यो बेरुजू अन्य प्रदेशका स्थानीय तहको तुलनामा कम हो । 


    images

    Logo