काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्ताको हातखाली बनाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यसको अर्थात यस वर्ष नेपाल लाइफ इन्स्योरेन्सका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ । कम्पनीले सो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने र त्यहाँबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभाबाट वित्तीय विवरण अनुमोदन गर्ने निर्णय गरेको छ ।