images
images

कालिका लघुवित्तको प्रबन्ध सञ्चालकमा केशवनारायण प्रधान नियुक्त


  • 351
    SHARES
  • २०७८ भाद्र ७ गते सोमबार

    कालिका लघुवित्तको प्रबन्ध सञ्चालकमा केशवनारायण प्रधान नियुक्त

    पोखरा । पोखराको बुद्धचोकमा केन्द्रीय कार्यालय  रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकोको प्रवन्ध सञ्चालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् ।  हालै सम्पन्न कालिका लघुवित्तको सञ्चालक समितिको बैठकले प्रधानलाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । 

    प्रधान राष्ट्रिय वाणिज्य बैंकको प्रबन्धक पदबाट सेवा निवृत्त हुन् । ३ दशक बैङ्किङ क्षेत्रको अनुभव सँगालेका उनले प्रबन्ध सञ्चालकको जिम्मेवारी पाएसँगै उनले यस आर्थिक वर्षमा वृद्धि निक्षेप १ अर्ब ६९ करोड र कर्जा ४ अर्ब २७ करोड र खुद नाफा ९ करोड ५३ लाख पुर्याउने लक्ष रहेको बताए । संस्थाको हालको निक्षेप १ अर्ब १६ करोड र ३ अर्ब रहेको छ । गत आर्थिक बर्षमा बैंकले ५ करोड ५२ लाख खुद नाफा गरेको छ । 

    यसअघि कालिका लघुवित्तमै बरिष्ठ प्रबन्धकको रुपमा कार्य गरेका प्रधान २०७८ बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्वाचित भएका थिए ।


    images

    Logo