काठमाडौं । साताको तस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५६अंकले घटेर ३ हजार १ सय २४ दशमलव ८७ बिन्दुमा पुगेको हो । आज बजारमा १६ अर्ब १२ करोड बराबरको २ करोड ५३ लाख कित्ता शेयर कारोबार भएको छ ।
आज बजारमा १ सय ८६ वटा कम्पनीको कारोबार भएको थियो । जसमा ३३ वटा कम्पनीको शेयर मुल्य बढेको छ, भने १४५ वटा कम्पनीको मुल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
बजारमा आज फाइनान्स र ननलाइफ इन्स्योरेन्सको मुल्य बढेको सँगै बैंक, विकास बैंक, ट्रेडिङ, होटल एण्ड टुरिज्म, हाइड्रोपावर ,इन्स्योरेन्स, माइक्रोफाइनान्स आदि कम्पनीहरुको मुल्य घटेको हो ।
बैंक ०.९४ प्रतिशतले घटेको भने विकास बैंक ३.९८ प्रतिशतले घटेका छन् । हाइड्रोपावरको मुल्य ६.२१ प्रतिशतले घटेको हो ।
गुँरास फाइनान्स जिवन बिकास लघुवित्त वित्तिय संस्था, सेन्ट्रल फाइनान्सको मुल्य ७.४ प्रतिशत, नेको इन्स्योरेन्स ५.०६ प्रतिशत र जनरल इन्स्योरेन्सको मुल्य ४.४७ प्रतिशतले बढेको छ ,
नेसनल हाइड्रोपावर , खानीखोला हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको मुल्य घटेको हो ।


