काठमाडौं । निर्धन उत्थान लघुवित्तले साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले फागुन ११ गते आफ्नै केन्द्रीय कार्यालय नक्सालमा विहान १० बजे बस्नेगरि सभा बोलाएको छ ।
सभामा गत आर्थिक वर्षको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको नाफा, नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी प्रस्ताव पारित गर्नेछ । कम्पनीले सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव राखेको छैन् । साथै, सभाले चालु आथिृक बर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र संस्थाको सञ्चालक समितिका सदस्यहरुको मनोनयन अनुमोदन गर्नेछ ।
सभा प्रयोजनको लागि कम्पनीले माघ २९ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार माघ २८ गते सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी सभामा भाग लिन पाउनेछन् ।


