काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का सिईओ चन्द्रसिंह साउदले राजिनामा दिने भएका छन् । साउदले आज पत्रकार सम्मेलन गरेर राजीनामा दिने भएका हुन् । यसका लागि उनले ५ बजे पत्रकार सम्मेलन बोलाएका छन् ।
साउद सर्वोत्तम सिमेन्टको शेयर श्रीमतीको नाममा अनाधिकृत तवरले खरिद गरेपछि विवादमा तानिएका थिए । सो विवादपछि साउदलाई निलम्बन गरी कारवाही गर्न अर्थ समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।