काठमाडौँ । कार्यकाल सकिन २ महिना बाँकि छँदा राजीनामा दिएका नेपाल स्टक एक्सचेन्जका सीइओ चन्द्रसिंह साउदले आफ्नो कार्यकालम भएका उपलब्धि सार्वजनिक गरेका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालमा भएको उपलब्धिको २८ बुुँदा सार्वजनिक गरेका हुन् ।
बुक विल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरण मुछियपछि साउद विवादमा तानिएका थिए । साउदले श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको बिषय बाहिरिएपछि विवादमा आएका साउदलाई संसदको अर्थ समितिले अनुसन्धान गरी कारवाहि गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेको छ । यहि बिचमा साउदले राजीनामा दिएका हुन् ।
साउदले सार्वजनिक गरेको उपलब्धिको सूची
साउदले आफ्नो कार्यकालमा गरेको उपलब्धिहरुमा आफुले गलत काम नगरेको कुरा पनि समावेश गरेका छन् । साथै फुल फ्लेड्ज इन्टरनेट बेसड अनलाईन ट्रेसिङ सिस्टमको विकास, परिक्षण तथा कार्यान्वयनमा ल्याएको उल्लेख गरेका छन् । जसले इन्टरनेट सेवा पहुँच भएका मुलुकका दुर दराजमा रहेका तथा अन्तराष्ट्रीय स्तरबाट पनि लगानीकर्ताले स्टक एक्सचेन्जमा कारोवार गर्न सम्भब भएको उल्लेख गरेका छन् ।
त्यस्तै धितोपत्र व्यवसायीको सदस्यता विनियमावलीको मस्यौदा सम्पन्न, सूचिकृत धितोपत्रको कारोवार विनियमावलीको तर्जुमा तथा कार्यान्वयन, नेप्सेमा धितोपत्र सूचिकरणका लागि आवश्यक सूचिकरणका लागि आवश्यक सूचिकरण विनियमावली तर्जुमा तथा कार्यान्वयन गरेको जनाएका छन् ।
ओभर दी काउन्टर मार्केट सक्रिय गराउन एक उप समिति गठन गरी कार्य अगाडी बढेको, अटामेटीक कारोवार प्रणालीको सिस्टम अडीट सम्पन्न, नेप्सेको कारोवार व्यवस्थित गर्न पुरानो वेवसाइट परिमार्जको साथै नयाँ वेवसाइटको विकास, नेप्सेको दैनिक, साप्ताहिक तथा मासिक कारोवार वेवसाईटमा नियमित राख्ने कार्यको थालनि साथै इन्डेक्स गणना कार्यलाई परिमार्जन गरी विभिन्न सव इन्डेक्स हरु गणना तथा प्रकाशन गर्ने गरेको लगायतका कामहरु सम्पन्न गरेको साउदले उल्लेख गरेका छन् ।


