images
images

सुर्योदय वोमी लघुवित्तले गर्यो लाभांश घोषणा


  • 342
    SHARES
  • २०८० माघ २१ गते आइतबार

    सुर्योदय वोमी लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । सुर्योदय वोमी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.०७७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

    लघुवित्त हाल एफपीओ निष्काशनको प्रक्रियामा रहेको हुँदा वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज भन्दा अगावै उक्त शेयर समायोजन भएमा समायोजित शेयरधनीहरुलाई समेत प्रस्तावित बोनस शेयर वितरण गरिने लघुवित्तले जनाएको छ। 

     

     

     


    images

    Logo