images
images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा 


  • 329
    SHARES
  • २०८० माघ २२ गते सोमबार

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा 

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत (कर प्रयोजनार्थ सहित) का दरले हुन आउने ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।  

    नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

     

     


    images

    Logo