काठमाडौ । शेयरबजार निरन्तर रुपमा घटिरहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४८ अंकले घटेर ३ हजार ७६ दशमलब ४४ बिन्दुमा पुगेको हो । आज बजारमा १२ अर्ब ९ करोड बराबरको १ करोड ९५ लाख कित्ता शेयर कारोबार भएको हो ।
बजारमा आज १८५ वटा कम्पनीको कारोबार भएको छ ।
बजारमा २१ वटा कम्पनीको शेयर मुल्य बढेको छ । बाँकी १६२ वटा कम्पनीको शेयर मुल्य घटेको हो भने २ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
आज बैंक र टुरिज्म कम्पनीको मुल्य १.४३ प्रतिशतले घटेको छ भने विकास बैंकको मुल्य २.८१ प्रतिशतले घटेको हो । त्यसैगरी हाइडोपावर ०.६७ प्रतिशतले घटेको छ ।
बजारमा सबैभन्दा धेरै निम्न कम्पनीको मुल्य बढेको हो । जिवन विकास लघुवित्त वित्तिय संस्था १० प्रतिशत, माउन्टेन इनर्जी ७.६९ प्रतिशत, आइसीएफसी फाइनान्सको मुल्य ९.९९ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ३.२६ प्रतिशत र साधना लघुवित्त वित्तिय संस्थाको शेयर मुल्य २.७१ प्रतिशतले बढेको हो ।


