images
images

७५ प्रतिशले बढ्यो आयात, एकै महिना डेढ खर्ब पुग्यो

भटमासको तेलले निर्यातले निर्यातमा ११५ प्रतिशत वृद्धि


  • 594
    SHARES
  • २०७८ भाद्र १० गते बिहीबार

    ७५ प्रतिशले बढ्यो आयात, एकै महिना डेढ खर्ब पुग्यो

    काठमाडौं । नेपालमा आयात हुने मालवस्तु ७५ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ को साउन महिनामा कुल १ खर्ब ५० अर्ब रुपैयाँ बराबरका मालवस्तुको आयात भएको हो । अघिल्लो वर्ष यस्तो आकार ८५ अर्ब ८० करोड रुपैयाँ मात्रै थियो । 

    यो अवधिमा निर्यात पनि १ सय १५ प्रतिशतले बढेर २० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ९ अर्ब ६२ करोडको मालवस्तु मात्रै निर्यात भएको थियो । आयात र निर्यातको यो परिमाणबाट देशले एक महिनामै १ खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

    किन यसरी बढ्यो आयात ? 

    एक महिनाको यो अवधिमा सबैभन्दा बढी आयात कच्चा सोयाविब तेलको भएको छ । यो तेल मात्रै ८ अर्ब ३२ करोड रुपैैयाँको आयात भएको भन्सार विभागले जनाएको छ । त्यस्तै, ६ अर्ब ६४ करोड रुपैयाँको डिजेल, ६ अर्ब ४५ करोडको फलाम र स्टिल, ४ अर्ब ८२ करोडको मोबाइल फोन, ४ अर्ब ४१ करोडको पेट्रोल, ३ अर्ब ५५ करोडको एलपी ग्यास, ३ अर्ब १६ करोडको सुन, २ अर्ब ६२ करोडको चाँदी आयात भएका छन् । 

    त्यस्तै, २ अर्ब ४५ करोडको चामल, २ अर्ब ४२ करोडको फलामे पाता, २ अर्ब ४० करोडको पाम आयल र २ अर्ब रुपैयाँको मकै आयात भएको छ । यो अवधिमा हवाइ इन्धन भने ५१ करोड रुपैयाँको मात्रै आयात भएको भन्सार विभागले जनाएको छ ।

    कुल आयातमध्ये पेट्रोलियम पदार्थको हिस्सा मात्रै करिब १५ अर्ब रुपैयाँ रहेको देखिएको छ । उता भटमासको तेल र पाम आयलको आयात समेत उच्च हुँदै गएको छ । झन्डै ६ अर्ब रुपैयाँको सुनचाँदी मात्रै आयात भएको छ ।

    उता २० अर्ब रुपैयाँको निर्यातमध्ये एकै महिना करिब ९ अर्ब रुपैयाँको भटमासको तेल निर्यात भएको छ । करिब ९४ करोडको पाम आयल र ८० करोड रुपैयाँको कार्पेट निर्यात भएको देखिएको छ ।


    images

    Logo