images
images

दुई कम्पनीले बनाए लगानीकर्ताको हातखाली 


  • 503
    SHARES
  • २०८० फाल्गुण ६ गते आइतबार

    दुई कम्पनीले बनाए लगानीकर्ताको हातखाली 

    काठमाडौं । दुई कम्पनीले लगानीकर्ताको हातखाली बनाएका छन् । यसरी लगानीकर्ताको हातखाली बनाउनेमा शिखर इन्स्योरेन्स र सेन्ट्रल फाइनान्स रहेका छन् । 

    शिखर इस्योरेन्सको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले २०८०/३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको हो ।

    त्यस्तै, फागुन ४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित मुनाफामै राख्ने निर्णय गरेको छ। 

    यसको अर्थात यस वर्ष दुईवटै कम्पनी शेयरधनीहरुको हात खाली हुने भएको छ।

     

     

     

     


    images

    Logo