काठमाडौं । सिटिजन्स म्युचुअल फण्डले ४० प्रतिशत नगद लाभांश दिन भएको छ ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड –१ र सिटिजन्स म्युचुअल फण्ड –२ कम्पनीले ईकाइधनिहरुलाई ४० प्रतिशत नगद लाभांश दिने भएको हो ।
सो फण्डले आर्थिक वर्ष ०७७÷०७८ को मुनाफा बाट कर सहितको ४० प्रतिशत नगद लाभांश दिने भएको हो ।
सिटिजन्स म्युचुअल फण्ड –१ ले आर्थिक वर्ष ०७७÷०७८ को मुनाफा बाट कर सहितको ४० प्रतिशत अर्थात ३२ करोड ८० लाख नगद लाभांश र सिटिजन्स म्युचुअल फण्ड –२ ले आर्थिक वर्ष ०७७÷०७८ को मुनाफा बाट हुन आउने कर सहितको ४० प्रतिशत अर्थात २२ करोड ४० लाख नगद लाभांश वितरण गर्ने भएको हो ।
सो प्रयोजनका लागि ईकाइधनिहरुको किताब खाता भदौ २४ गते एकदिन बन्द हुने भएको छ ।