images
images

१९ म्युचुअल फण्डको एनएभी बढ्यो, ६ वटाको घट्यो, कुन फण्डको कति ?


  • 699
    SHARES
  • २०७८ भाद्र १६ गते बुधबार

    १९ म्युचुअल फण्डको एनएभी बढ्यो, ६ वटाको घट्यो, कुन फण्डको कति ?

    काठमाडौं । १८ म्युचुअल फण्डले साउन महिनामा आफ्नो प्रतिइकाइ खुद मुल्य (एनएभी) बढाएका छन् । हाल सञ्चालनमा रहेका दुई दर्जन भन्दा बढी म्युचुअल फण्डमध्ये अधिकांशले यो महिनामा आफ्नो एनएभी बढाउन सफल भएका हुन् । 

    साउन महिनामा शेयर बजारमा सुधार देखिँदा म्युचुअल फण्डहरुले यस्तो उपलब्धि हासिल गरेका हुन् । यो अवधिमा ६ वटा म्युचुअल फण्डको एनएभी भने घटेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि सूचीकृत भएको आरबीबी म्युचुअल फण्डले पनि यो अवधिमा एनएभीलाई बढाएको छ । सामान्यतया म्युचुअल फण्ड बिक्री गर्न लाग्ने खर्चका कारण फण्डहरुको खुद सम्पत्ति अंकित मूल्यभन्दा कम हुन्छ । तर, आरबीबीले साउन मसान्तसम्म मात्रै एनएभीलाई अंकित मूल्यभन्दा माथि पुर्याएको छ । 

    कुन फण्डको कस्तो छ अवस्था ? 

    प्रकाशित विवरण अनुसार साउन मसान्तमा सबैभन्दा बढी एनएभी भएको म्युचुअल फण्ड ग्लोबल आईएमई समुन्नत स्कीम–१ हो । यो फण्डको एनएभी २६.०१ रुपैयाँ हो । यो फण्डले एकै महिना ३.३८ रुपैयाँले एनएभी बढाएको छ । यो झन्डै १५ प्रतिशतको वृद्धि हो । 

    उता, साउन महिनामै लाभांश वितरण गर्ने निर्णय गरेका फण्डहरुको एनएभी भने घटेको देखिएको छ । यसरी एनएभी घट्ने फण्डहरुमा सिद्धार्थ क्यापिटल, लक्ष्मी क्यापिटल र एनआईबीएल एस क्यापिटल अन्तर्गतका फण्डहरु रहेका छन् । 

    हेर्नुहोस् म्युचुअल फण्डहरुको एनएभीको अवस्था

    Mutual Fund NAV
      2078 Shrawan 2078 Ashad Change Change%
    Global IME Samunnat Scheme-1 26.01 22.63 3.38 14.94
    Sanima Equity Fund 22.73 20.96 1.77 8.44
    Sunrise First Mutual Fund 20.48 19.21 1.27 6.61
    NMB 50 20.42 18.96 1.46 7.70
    NIC Asia Growt h Fund 20.22 18.75 1.47 7.84
    NabilEquity Fund 19.28 17.98 1.3 7.23
    NabilBalanced Fund - 2 18.87 17.54 1.33 7.58
    NIC Asia Balanced Fund 18.65 17.3 1.35 7.80
    NMB Hybrid Fund L 1 17.74 16.89 0.85 5.03
    Citizens Mutual Fund -2 17.24 16.18 1.06 6.55
    Citizens Mutual Fund -1 16.1 15.31 0.79 5.16
    Siddhartha Investment Growt h Scheme - 2 15.82 17.74 -1.92 -10.82
    Siddhartha Equity Fund 15.43 17.35 -1.92 -11.07
    NIBL PragatiFund 14.34 18.22 -3.88 -21.30
    Laxmi UnnatiKosh 13.5 14.92 -1.42 -9.52
    Laxmi Equity Fund 13.22 15.81 -2.59 -16.38
    NIBLSamriddhi Fund-1 13.2 16 -2.8 -17.50
    Sanima Large Cap Fund 11.14 10.55 0.59 5.59
    KumariEquity Fund 11.01 10.72 0.29 2.71
    Prabhu Select Fund 10.59 9.94 0.65 6.54
    Sunrise Bluechip Fund 10.5 10.06 0.44 4.37
    NIBLSamriddhi Fund -2 10.39 10 0.39 3.90
    NIC Asia Select 30 10 9.94 0.06 0.60
    RBB Mutual Fund 1 10.1      


    images

    Logo