काठमाडौं । समाज र स्वस्तिक लघुवित्तको मर्जर प्रक्रिया तोडिएको छ । समाज लघुवित्त वित्तीय संस्थाको साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै प्रक्रिया रद्द भएको हो ।
समाज लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न असार १० गते विशेष साधारणसभा बोलाएको थियो । सो सभाले मर्जर पछिको केन्द्रीय कार्यालय कहाँ रहने भन्ने विषयमा असहमति जनाउँदै सो प्रस्ताव अस्वीकृत गरेको थियो ।
साधारणसभाबाट प्रस्ताव अस्वीकृत भएपछि समाज लघुवित्तको सञ्चालक समितिले स्वस्तिक लघुवित्तसँग छलफल समेत गर्यो । तर, छलफलमा केन्द्रीय कार्यालय बर्दिवासबाट लाहानमा सार्ने विषयमा सहमति हुन नसकेको समाज लघुवित्तले जनाएको छ ।
असहमतिसँगै बुधबार बसेको सञ्चालक समितिको बैठकले मर्नर प्रक्रिया तोड्ने निर्णय गरेको हो ।