गोरखा । साधना लघुवित्त वित्तीय संस्था लि केन्द्रीय कार्यालयको आयोजनामा बित्तीय संस्थामा कार्यरत अनुगमन अधिकृतहरुको क्षमता अभिबृद्धिका लागी ब्यवसाय प्रवर्दन एवंम जोखिम व्यवस्थापनमा आधारभुत सिप विकास कला र कौशल विषयक २ दिने तालिम शनिबारबाट गोरखामा सूरु भएको छ ।
वित्तीय संस्थाका सञ्चालक समितीका अध्यक्ष श्री कृष्ण बहादुर थापाको प्रमुख आतिथ्यता र बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेको अध्यक्षतामा सुरु भएको तालिममा सहभागीहरुलाई स्वागत गर्दै बित्तीय संस्थाकी बरिष्ठ प्रवन्धक सरिता ढकाले अनुगमन अधिकृतहरुको कार्यसम्पादन स्तर, क्षमता, सञ्चालित कार्यक्रम को गुणस्तर मापन तथा कर्मचारीहरुको सिकाईस्तर अभिबृद्धि गरी संस्थागत ब्यवसायको प्रवर्दन गर्न र प्रभाबकारी जोखिम ब्यबस्थापनको रणनितीक योजना तय गर्न यस तालिमको आयोजना गरिएको बताइन् ।
तालिमको उद्धघाटन सत्र लाई सम्बोधन गर्नुहुदै वित्तीय संस्थाका अध्यक्ष श्री कृष्ण बहादुर थापाले कर्मचारी वित्तीय संस्थाको सम्पती भएकाले कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न आवश्यक रहेको बताए । अनुगमन अधिकृत बित्तीय संस्थाको धरोहर रहेकोले शाखा कार्यालयहरुको अनुगमन कार्य गर्दा संयमित भई गर्न, कार्यक्रमको गुणस्तर बृद्धि गर्न,संस्थागत सुशासन कायम गरी लक्ष्य अनुसारको प्रगती गर्न अनुगमन अधिकृतहरुलाई निर्देशन दिए ।
गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको यस बित्तीय संस्थाको ७७ वटा शाखा कार्यालयहरुबाट ग्रामिण तथा दुर्गम क्षेत्रमा करिब ७२,००० सदस्यहरुलाई प्रत्यक्ष बित्तीय सुबिधाहरु प्रदान गरिरहेको छ ।


