काठमाडौँ । सन्राइज फर्स्ट म्युचुअल फण्डले इकाईधनीको खातामा नगद लाभांस जम्मा गर्न थालेको छ । फण्डले मंगलबारदेखि इकाईधनीको खातामा लाभांस जम्मा गर्न थालेकाे हाे ।
आर्थिक वर्ष २०७७–७८ को लागि फण्डले इकाईधनीलाई कर सहित ५० प्रतिशतका दरले नगद लाभांस दिने निर्णय गरेको थियो । इकाईधनीको हितग्राहि खातामा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अद्यावधिक भएका इकाईधनिलाई नगद लाभांस जम्मा गरिदिने फण्डले जनाएको छ ।
इकाई धितो राखेका इकाईधनीको हकमा प्रतिफल लिनका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृती पत्र अनिवार्य पेश गर्नुपर्ने फण्डले जनाएको छ ।
यो फण्ड कोष प्रवर्धक सन्राइज बैंक लिमिटेड, योजना व्यवस्थापक सन्राइज क्यापिटल र डिपोजिटरी सन्राइज म्युचुअल फण्ड अन्तर्गत संचालित बन्दमुखी योजना हो ।


