काठमाडौँ । सरकारी बजेट निकासा बन्द हुने भएको छ । विहीबार महालेखा नियन्त्रकको कार्यलयले तीन दिन रकम निकासा नगर्न सुचना जारी गरेपछि पुँजीगत तथा चालु खर्चको बजेट निकासा नहुने भएको हाे ।
महालेखा नियन्त्रकको कार्यालयले भदौ २४ गते विहीबार देखि २६ गते शनिबारसम्म बजेट निकासा नगर्न सुचना जारी गरेको छ । यो अवधिमा रकम निकासा भए निकासा माग गर्ने र निकासा गर्ने अधिकारी जिम्मेवार हुने नियन्त्रकले जनाएको छ ।
सरकारले प्रतिस्थापन बजेट ल्याउने तयारी गरिरहेकोले रकम निकासाको काम रोकिएको जनाइएको छ । प्रतिस्थापन बजेट आउँदा योजनाहरुको रकम परिवर्तन हुने तथा शिर्षक फरक हुने हुँदा बजेट निकासा बन्द गराइएको महालेखाले जनाएको छ ।
बजेट रकम निकासा बन्द गरेपनि तलब, भत्ता र निवृतीभरणको रकम निकासा गर्न सकिने महालेखाले जनाएको छ ।



