काठमाडौँ । आर्थिक वर्षको दोस्रो महिनाको मसान्तमा सरकारले असारे विकासको झल्को दिएको छ । एकैदिन १५ अर्ब रुपैँया बराबरको खर्च गरेपछि सरकारले सबैलाई असारे विकासको झल्को दिएको हो ।
भदौ मसान्तसम्ममा सरकारको खर्च ८९ अर्ब रुपैँया छ । सरकारले औशतमा १ अर्ब रुपैँया खर्च गरिरहेको छ । औशत खर्च भन्दा अगाडि बढेर सरकारले भदौ ३० गते १४ अर्ब ८७ करोडरुपैँया बराबरबो खर्च गरेको छ ।
अहिले औसत औशत ४ करोड रुपैँया दैैनिक पुजीँगत खर्च रहेको छ । पुँजीगत खर्च नगन्य रहेको अवस्थामा रहेको बेला भएको खर्च अत्याधिक हो । यो मात्रामा दैनिक खर्च आर्थिक वर्षको अन्तीमतिर हुने गर्दछ । यो खर्चले पनि असारे विकासको झल्को दिएको छ । बुधबार उक्त खर्च गरेको सरकारले मंगलबार ६७ करोड रुपैँया खर्च गरेको छ ।
भदौ मसान्तमा सरकारले चालु, पुँजीगत र वित्तीय व्यबस्थापनमा उक्त रकम खर्चिएको हो । सो दिन चालु खर्च ८ अर्ब ७० करोड रुपैँया गरेको सरकारले पुँजीगत खर्च १७ करोड रुपैँया मात्रै गरेको छ । ऋण भुक्तानी तर्फ ६ अर्ब रुपैँया खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले उल्लेख गरेको छ ।
कसरी पुग्यो एक दिनको खर्च १५ अर्ब ?
सरकारी कोषबाट हुने खर्च एकैदिन ह्वात्तै बढ्नुमा केही कारणहरु देखिएका छन् । महालेखा नियन्त्रकको कार्यालयले भदौ २४ गतेदेखि २६ गतेसम्म सरकारी रकम निकासा बन्द गरेर २८ गते फुकुवा गरेको थियो । साथै बजेट होलिडेको हल्ला, तलव भत्ता निकासी लगायतका खर्चहरुभएको महालेखाले जनाएको छ ।
महालेखाले तीन दिन सरकारी रकम निकासा बन्द गरेको थियो । सो अवधिमा तलब भत्ता बाहेकका रकमको निकासा बन्द भएको महालेखाले जनाएको छ । महालेखाले २८ गते बन्द फुकुवा गरेको दिन ९ अर्ब रुपैँया खर्च भएको छ । तर, सो अवधिमा तलव, भत्ता तथा सामाजिक सुरक्षा लगायतका रकमको निकासा बन्द भएको थिएन ।
सरकारले हरेक महिनाको अन्ततिर तलब भत्ता निकासी गर्ने गर्दछ । कर्मचारीको तलब निकासाको कारणले बढी खर्च देखिएको महालेखाले जनाएको छ ।
सरकारले संसदमा पेश गरेका प्रतिस्थापन विधेयक पास नभएपछि सरकार बजेट होलिडेमा जाने कुराले पनि भर गरेको हुनसक्छ । ३१ गतेबाट सरकार बेखर्चि भएको छ । कुनै पनि खर्च गर्न नसक्ने स्थितिमा सरकार रहेको छ । वजेटविहीन भएपछि तलब भत्ता निकासी नहुने भएकाले पनि ३० गते नै चालु तर्फ ८ अर्ब रुपैँया बराबरको रकम निकासा भएको छ ।
सरकारले वित्तीय व्यवस्थापनतर्फको खर्च ह्वात्तै बढाएको छ २८ गते ८ अर्ब ऋण भुक्तानी गरेको सरकारले ३० गते ६ अर्ब रुपैँया वित्तीय व्यबस्थापन तर्फ खर्च गरेको छ । वित्तीय व्यबस्थापन तर्फको खर्च बढेकोले खर्च देखिएको महालेखाले जनाएको छ ।
अन्य दिन भने सरकारको खर्च सामान्य रहेको छ । २८ गते सरकारले ९ अर्ब ७० करोड रुपैँया खर्च गरेको छ । सो दिन ८ अर्ब रुपैँया ऋण भुक्तानी र चालु तर्फ १ अर्ब रुपैँया खर्च गरेको छ । २९ गते ६७ करोड मात्रै सरकारी खर्च भएको छ ।
दैनिक १५ अर्बको खर्च सामान्य हो महालेखा
१५ अर्ब बराबर दैनिक खर्च हुनु सामान्य भएको महालेखाले जनाएको छ । खर्च सामान्य हो भन्ने तर्क वास्तविकतासँग मेल खाँदैन । यो किसिमको सरकारी खर्च असार महिनामा मात्रै देखिनेगरेको छ । पुँजीगत खर्च नगन्य अवस्थामा रहेको बेला भएको यो खर्च अलिक अस्वभाविक देखिएको छ ।
सरकारको दैनिक खर्च धेरै थोरै भइरहनु सामान्य भएको महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए । कर्मचारीको तलवभत्ता निकासा गर्नुपरेकोले खर्च देखिएको उनले बताए । यतिको खर्च सामान्य हो ।


