काठमाडौँ । विहीबार देखी वजेटविहीन भएको सरकारको खर्च १८ करोड रुपैँयामा खुम्चियको छ । बुधबार १४ अर्ब ८७ करोड खर्च गरेको सरकार १८ करोड रुपैँयामा खुम्चिन पुगेको हो ।
संसदबाट बजेट प्रतिस्थापन विधेयक पास नभएपछि सरकारले आर्थिक वर्ष २०७८–७९ को लागि ल्याएको बजेट निष्क्रीय भएको थियो । बजेटविहीन भएको सरकारको पहिलो दिन चालु खर्च १७ करोड रुपैँया र पुँजीगत खर्च ४७ लाख रुपैँया भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
बुधबार सरकारको चालृु तर्फ ८ अर्ब ७० करोड र पुँजीगत तर्फ १७ करोड रुपैँया खर्च भएको थियो भने ऋण भुक्तानी ६ अर्ब रुपैँया भएको थियो ।
सरकारी खर्च कम भएपनि ४ अर्ब १४ करोड रुपैँया राजस्व संकलन भएको छ । विहीबार करबाट ३ अर्ब ७९ करोड र गैर करबाट ११ करोड रुपैँया संकलन गरेको सरकारले अन्य बाट २३ करोड रुपैँया आम्दानी गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
राजस्व संकलनमा कमि नदेखिएपनि सरकारको खर्च कम देखिएको छ । चालु आर्थिक वर्षमा १६ खर्ब ४७ अर्ब खर्च गर्ने लक्ष्य राखेको सरकारको योजनामा असर पर्ने देखिएको । दैनिक औशत १ अर्ब रुपैँया बराबरको खर्च गर्दै आएको सरकारले पहिलो दुई महिनामा सरकारले ८९ अर्ब ९३ करोड रुपैँया खर्च गरेको छ ।
यो वर्ष १६ खर्ब ४७ अर्ब रुपैँया खर्च गर्ने सरकारको लक्ष्य रहेको छ ।


