images
images

महासंघ र आइएलओ प्रतिनिधिबीच भेट, आर्थिक वृद्धि, रोजगारी र सामाजिक सुरक्षा कार्यान्वयन छलफल


  • 496
    SHARES
  • २०७८ आश्विन १२ गते मंगलबार

    महासंघ र आइएलओ प्रतिनिधिबीच भेट, आर्थिक वृद्धि, रोजगारी र सामाजिक सुरक्षा कार्यान्वयन छलफल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र अन्तराष्ट्रिय श्रम संगठन नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्ड बीच महासंघको सचिवालय टेकूमा भेटवार्ता भएको छ । 

    भेटका अवसरमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल गरे साथै उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवद्र्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयन लगायतका विषयमा सहकार्य गरिने बिषयमा चर्चा गरेका छन् । 

    छलफलका क्रममा महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइशोलेशन लगायतका सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गरे । 

    साथै उनले महासंघले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिवद्ध रहेको र सामाजिक सुरक्षाको कार्यन्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड यूनियनसंग छलफल गर्न तयार रहेको बताए ।


    images

    Logo