images
images

नेपाल टेलिकमले ल्यायो दशैं अफर, के–के छन् सुविधा ?


  • 491
    SHARES
  • २०८१ आश्विन १३ गते आइतबार

    नेपाल टेलिकमले ल्यायो दशैं अफर, के–के छन् सुविधा ?

    काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले दशैं, तिहार, छठ लगायतको अवसरमा चाडबाड अफर ल्याएको छ  । यस अन्तर्गत सहुलियत दरका भ्वाइस, डेटा, एसमएमएस तथा एफटीटीएचका प्याकेजहरू असोज १३ गतेदेखि कात्तिक २३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डेटा/कम्बो प्याकेजहरूमा क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्यान्डविथ कायम गरिएको छ ।

    यो अफर उल्लिखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवं प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहने कम्पनीले जनाएको छ । साथै एफटीटीएच नयाँ जडानमा जडान शुल्क ५०० रुपैयाँ मिनाहा गरिएको छ । 
     
    यसैगरी जीएसएम ग्राहकका लागि ७९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डेटा र ५०० अल नेट एसएमएस सुविधा सहितको '७९९ सजिलो अनलिमिटेड प्याकेज' ल्याइएको छ ।

    साथै २५० रुपैयाँमा  १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको '१००० मिनेट अल नेट भ्वाइस कल' र ९९ रुपैयाँमा १००० अन नेट एसएमएस सुविधाको '१००० अन नेट एसएमएस प्याकेज'  सञ्चालनमा ल्याइएको छ ।

    यी सबै प्याकेजमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।  
     
    आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम’ एप प्रयोग गरेर यी प्याकेज खरिद गर्न सकिनेछ ।


    images

    Logo