images
images

ग्वार्को ‘फ्लाई ओभर’ को निर्माण अन्तिम चरणमा, सञ्चालनमा आउन अझै ३ महिना लाग्ने


  • 443
    SHARES
  • २०८१ कार्तिक २२ गते बिहीबार

    ग्वार्को ‘फ्लाई ओभर’ को निर्माण अन्तिम चरणमा, सञ्चालनमा आउन अझै ३ महिना लाग्ने

    काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर निर्माण सम्पन्न हुन अझै तीन महिना लाग्ने भएको छ । फ्लाइओभर निर्माणका अधिकांश काम अन्तिम चरणमा पुगे पनि यातायात सञ्चालनमा ल्याउन अझै तीन महिना लाग्ने देखिएको हो ।

    यसअघि वर्षाका कारण रोकिएको फ्लाइओभर निर्माणकार्य पुनः सुरु भएको छ । ठेकेदार कम्पनीले निर्माणमा देखाएको ढिलासुस्तीका कारण निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुन सकिरहेको छैन ।

    हाल मुख्य पुलतर्फ माथि जाने स्ल्याब ढलान लगायतका काम भइरहेको सडक विभागले जनाएकाे छ । विभागका अनुसार फ्लाइओभरमा मुख्य पुलतर्फ माथि जाने स्ल्याबको ढलान भइसकेको छ । त्यसको दायाँ–बायाँ ‘ब्यारियर’ वाल राख्ने काम पनि अघि बढेको छ । त्यस्तै, पहुँच सडकसम्म र्याम्प निर्माण पनि अघि बढेको छ ।


    images

    Logo