images
images

मन्त्रालयद्वारा निर्माण व्यवसायीको ५ अर्ब ५ करोड रकम भुक्तानी, अझै ३ अर्ब ६६ करोड बाँकी


  • 418
    SHARES
  • २०८१ कार्तिक २२ गते बिहीबार

    मन्त्रालयद्वारा निर्माण व्यवसायीको ५ अर्ब ५ करोड रकम भुक्तानी, अझै ३ अर्ब ६६ करोड बाँकी

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीको ५ अर्ब ५ करोड रकम भुक्तानी गरेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक मन्त्रालयले ५ अर्ब ५ करोड रकम निर्माण व्यवसायीलाई भुक्तानी गरेको जानकारी दिएका हुन् । 

    सचिव शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको मन्त्रालय अन्तर्गत ८ अर्ब ७१ करोडमा ५ अर्ब ५ करोड भुक्तानी गरेको बताए । उनले अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम ६० प्रतिशत रकम भुक्तानी गरिएको बताए । 

    उनले ८ अर्ब रकम भुक्तानी गर्नुपर्नेमा अझै ३ अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न बाँकी रहेको बताए । उनले अर्थ मन्त्रालयमा निर्माण व्यवसायीको भुक्तानीको लागि रकम निकासा माग गरिए पनि विनियोजन विधेयकले गर्दा पहिलो तीन महिना भुक्तानी गर्न नसकिएको बताए । उनले कात्तिक लागेसँगै भुक्तानी गर्न अर्थ मन्त्रालयसँग स्वीकृत माग गरेकाले चाँडै बाँकी भुक्तानी हुने विश्वास रहेको बताए ।

    मन्त्रालय अन्तर्गतको रकम रकमान्तर गर्न अर्थ मन्त्रालयको स्वीकृत नपर्ने सम्बन्धमा केन्द्रीय लेखा प्रणाली आयव्यय प्रणाली बिग्रने गरीको स्वतन्त्रता मन्त्रालयहरूले खोज्नु नहुने भन्दै उनले मन्त्रालय अन्तर्गतका शीर्षकबाट समस्या फुकाउन सक्ने अधिकार दिनुपर्ने बताए ।


    images

    Logo