images
images

४३ मेवाको माथिल्लो मादी शून्य जलविद्युत्‌ आयोजना निर्माण सुरु, ३६ महिनामै पूरा गर्ने लक्ष्य


  • 486
    SHARES
  • २०८१ कार्तिक २९ गते बिहीबार

    ४३ मेवाको माथिल्लो मादी शून्य जलविद्युत्‌ आयोजना निर्माण सुरु, ३६ महिनामै पूरा गर्ने लक्ष्य

    काठमाडौं । अन्नपूर्ण पावर कम्पनी प्रा.लि.ले प्रवर्द्धन गरेको अप्पर मादी शून्य खोला जलविद्युत् आयोजना (४३ मेगावाट) को निर्माण कार्य सुरु भएको छ । वैदिक सनानत विधि र गुरुङ परम्पराअनुसार पुजा आजा गरी आयोजना निर्माण सुरु गरिएको थियो । मौलिक परम्परा अनुसार पूजा अर्चनासहित सांसदय डा. स्वर्णीम वाग्ले र मनबहादुर गुरुङले संयुक्त रुपमा उद्घाटन गरे । 

    कार्यक्रममा सांसद डा. वाग्लेले नीति निर्माण गर्नेले सहज नीति बनाउन जरुरी रहेको आवश्यकता औंल्याए । उनले पञ्चायतकाल अन्त्य हुँदा देशको विद्युतमा जडित क्षमता २६२ मेगावाट रहेको उल्लेख गदृै मादी खोलामा मात्रै पञ्चायतकालीन जडित क्षमताबराबरको बिजुली उत्पादन हुन सक्ने बताए । 

    कार्यक्रममा सांसद मनबहादुर गुरुङले स्थानीय जनताले आफ्नो क्षेत्रमा अगाडि बढाउन लागिएको यस्तो आयोजनालाई हरतरहबाट सहज बनाउनुपर्ने साथैआयोजनामा रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने बताए । 

    सांसद गुरुङले नेपालमा निजी क्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्दा वनसम्बन्धी विभिन्न नियम र कार्यविधिले दुःख दिने गरेको उल्लेख गर्दै वनसम्बन्धी कार्यविधिहरु परिर्वन गरी सहज तुल्याउन आवश्यक रहेको बताए । 

    ‘निजी क्षेत्रलाई नेपालमा जलविद्युत् बनाउन सजिलो छैन, यसलाई सक्दो सहज बनाउनुपर्छ,’ सांसद गुरुङले भने, ‘नेपालले गर्नै भनेको उर्जामा हो, निजीलाई प्रोत्साहन गर्न राज्य लचिलो हुनुपर्छ ।’

    कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले विकास निर्माणका जुनसुकै परियोजनाहरुलाई गाउँपालिकाले स्वागत गर्न तयार रहेको बताए । ‘यस्तो आयोजनालाई यहाँका जनता, सबै जनप्रतिनिधिहरु अन्तरआत्माबाट स्वागत गर्छाैं,’ उनले भने । 

    अन्नपूर्ण पावर कम्पनीका कार्यकारी निर्देशक इन्जिनियर श्रीराम न्यौपानेले आयोजनाले आगामी दिनमा स्थानीय वासिन्दा तथा आयोजनामा काम गर्नेहरुलाई शेयरधनी बनाउने बताए ।

    उनले देशको सम्भावना भनेको जलविद्युत् नै हो भन्दै यसलाई राज्यले पूरै ध्यान दिन जरुरी रहेको उल्लेख गरे । ‘यसलाई सहज बनाउनुपर्छ, राज्यको पूरै ताकत ऊर्जामै लगाउनुपर्छ,’ न्यौपानेले भने, ‘देशमा सक्दो बढी ऊर्जा उत्पादन गरी यहीं खपत गराउन सके मात्र मुलुक समृद्ध बन्छ ।’

    कार्यक्रममा अन्नपूर्ण पावर कम्पनीकी सञ्चालक शिला कोइरालालले स्थानीय जनता, कम्पनीको सिंगो परिवार, सरोकारवाला निकायहरुसँगको समन्वयमा मात्र निर्धारित समयमा सम्पन्न हुने भएकोले सबैसँग सहज वातावरणको लागि अपेक्षासमेत रहेको बताइन् ।

    आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा पाँचवटा बैंकको संयुक्त लगानी रहेको छ । आयोजनाको निर्माण अवधि ४२ महिना भनिए पनि कुनै विपत्ति नपरे यसलाई ३६ महिनामै पूरा गर्ने कम्पनीको लक्ष्य छ । 

    कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु, मादी सरोकार समितिका पदाधिकारीहरु, टोल संयोजकहरु, स्थानीय विद्यालयका प्रधानाध्यापकहरु लगायत पण्डित, लामाहरुको पनि उपस्थिति थियो । 


    images

    Logo