images
images

स्थानान्तरण गरिँदै सिनामङ्गलको हवाई इन्धन डिपो, डिपीआर तयार गर्न पुल्चोक इन्जिनियरिङ संस्थानसँग सम्झौता (भिडियाे)


  • 505
    SHARES
  • २०८१ मंसिर ५ गते बुधबार

    स्थानान्तरण गरिँदै सिनामङ्गलको हवाई इन्धन डिपो, डिपीआर तयार गर्न पुल्चोक इन्जिनियरिङ संस्थानसँग सम्झौता (भिडियाे)

    काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल परिसरबाट हवाई इन्धन डिपो स्थानान्तरण गरिने भएको छ । आज एक कार्यक्रम आयोजना गर्दै सिनामंगल हवाई इन्धन डिपोका प्रमुख प्रदीपकुमार यादवले २०८४ मङ्सिरभित्रै स्थानान्तरण गरिसक्ने जानकारी दिएका हुन् । 

    Pradip Yadav.jpg

    डिपो सार्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारका लागि नेपाल आयल निगम सिनामंगल र पुल्चोक इन्जिनियरिङ संस्थानबिच दुई पक्षीय सम्झौता भएको छ । सम्झौतामा सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादव र संस्थानका सहप्राध्यापक नारायण गौतमले हस्ताक्षर गरेका छन् ।

    1.jpg

    डीपीआर तयार गर्नका लागि १ करोड ९८ लाख रकम बराबर लागत लाग्ने प्रमुख यादवले बताए । इन्धन डिपो स्थानान्तरणको विषय विगत केही वर्षदेखि उठ्दै आएको थियो। सरकारले पनि स्थानान्तरणको काम अगाडि बढाउने निर्णयसमेत गरेको थियो । गत साउन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले एक वर्षभित्र डिपो स्थानान्तरणका लागि काम अगाडि बढाउने सहमति दिँदै निर्देशन दिएको थियो । 

    सोहीअनुसार आयल निगमले विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरण गर्दै आधुनिक र सुविधा सम्पन्न बनाएर आइकाओको मापदण्डअनुसार निर्माण गर्न डीपीआर तयार पार्न पुल्चोक इन्जिनियरिङ संस्थानलाई जिम्मा दिएको छ । 

    3.jpg

    अहिले विमानस्थलको डिपो रनवे तथा समानान्तर ट्याक्सी–वेबाट ९० मिटरकै दुरीमा छ । आइकाओको मापदण्डअनुसार १ सय ७२ दशमलव ५ मिटर हुनुपर्ने भनेको छ । सोहीअनुसार डिपो स्थानान्तरणका लागि काम सुरु भएको छ । सोही अनुसारको डीपीआर तयार गरिने र  डीपीआरअनुसार नै डिपो स्थानान्तरण हुने आयल निगमले जनाएको छ ।

    4.jpg

    विमानस्थलमा रहेको डिपोको क्षमता अहिले १५ दिनको माग थेग्ने रहेको छ । यसलाई समेत विस्तार गर्ने निगमले जनाएको छ। अहिलेको डिपोको पूर्वाधार पुरानोसमेत भइसकेको छ ।

    आधुनिक प्रविधिअनुसार चल्न पनि डिपोको पूर्वाधार अत्याधुनिक बनाउने गरी अध्ययन हुने  निगमले जनाएको छ ।


    images

    Logo