images
images

सुपर काबेली ‘ए’ जलविद्युतको परीक्षण सफल, शनिबारसम्म राष्ट्रिय लाइनमा जोडिने


  • 430
    SHARES
  • २०८१ मंसिर १३ गते बिहीबार

    सुपर काबेली ‘ए’ जलविद्युतको परीक्षण सफल, शनिबारसम्म राष्ट्रिय लाइनमा जोडिने

    काठमाडौं । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ मा निर्माण गरिएको सुपर काबेली ‘ए’जलविद्युत आयोजनाबाट उत्पादित १३.५ मेगावाट क्षमताको बिद्युत शनिबार सम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

    मंसिर ९ गतेबाट सुरु भएको प्रसारण लाइनको परीक्षण कार्य सफल भएसँगै नेपाल बिद्युत प्राधिकरणका प्राविधिकमार्फत अन्तिम चेकजाँच गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाले जनाएकाे छ । आयाेजनाका अनुसार बिद्युतगृह रहेको रातेखोला देखि ३१ किलोमिटर लामो प्रसारण लाइनमार्फत उक्त बिद्युत पाँचथरको अमरपुरस्थित दुबीचौरमा रहेको नेपाल बिद्युत् प्राधिकरणको १३२ केभिए बिद्युत प्रसारण लाइनसम्म सफल भएको छ ।

    अन्तिम चेकजाँच तथा निरीक्षणका लागि बिद्युत प्राधिकरणका प्राविधिकहरुको टोली अमरपुर गएका छन् । यो सँगै शुक्रबार साँझ वा शनिबार बिहान सम्ममा सुपर काबेली ‘ए’जलविद्युत आयोजनाबाट उत्पादित बिद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित भइसक्ने छ ।

    स्नो रिर्भस लिमिटेडले निर्माण गरेको उक्त बिद्युत आयोजना २०७९ मंसिर २५ गतेबाट निर्माण कार्य प्रारम्भ भएको थियो । बाढी र पहिरोका कारण जलविद्युतका निर्माण भएका संरचना तथा निर्माण स्थलमा रहेका निर्माण सामग्री बगाएर अवरोध खेपे पनि निर्माण सुरु गरेको छोटो अवधिमै निर्माण कार्य पूरा भएकोमा निर्माण निकाय सन्तुष्ट देखिएको छ । प्रतिमेगावाट १९ करोड ५० लाख रुपैयाँ लागत अनुमान रहेको सुपर काबेली ‘ए’को कूल लागत झण्डै २ अर्ब ६३ करोड २५ लाख हाराहारी रहेको आयोजनाले जनाएको छ ।


    images

    Logo