images
images

बैंकहरु संयम नभई तरलता समस्या समाधान हुन्न: गभर्नर


  • 316
    SHARES
  • २०७८ कार्तिक २३ गते मंगलबार

    बैंकहरु संयम नभई तरलता समस्या समाधान हुन्न: गभर्नर

    काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन निर्देशन दिएका छन् ।

    मंगलबार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानका लागि बैंकहरु संयम हुन आवश्यक रहेको बताएका हुन् ।

    आफूले पहिले पनि आफ्नो क्षमता अनुसार मात्रै कर्जा लगानी गर्न भनेको भन्दै उनले कोभिड पछाडि अर्थतन्त्रको पुनरुत्थानले गति लिएको कारण पनि समस्या देखिएको बताए । उनले भने,  ‘मैले त पहिले पनि घाँटी हेरेरमात्र हाड निल्नु भनेको थिएँ । तर विभिन्न कारणले भएन ।’


    images

    Logo