images
images

लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम ८ अर्ब ९२ करोड


  • 390
    SHARES
  • २०८१ माघ १४ गते सोमबार

    लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम ८ अर्ब ९२ करोड

    काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिनदेखि घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ३२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १२ स्क्रिपको ८ अर्ब ९२ करोड रुपैयाँ बराबरको १ करोड ७२ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार १ सय ५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय २९ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    सोमबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा न्यादी हाइड्रोपावर रहेको छ । त्यस्तै, यस दिन जानकी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। 

     


     


    images

    Logo